चट्याङ लागेर वडासदस्यको मृत्यु
रोल्पा | साउन ५, २०८०
सांकेतिक तस्वीर
रोल्पा: रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ । गए राति चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
चट्याङमा परि अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस ठाउँतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

